कोरोना भाइरस प्रभाव : नेपालसहित १४ देशका नागरिकलाई कतारमा प्रवेशमा रोक

सोमबार, २६ फागुन २०७६, १० : ५३
कोरोना भाइरस प्रभाव : नेपालसहित १४ देशका नागरिकलाई कतारमा प्रवेशमा रोक

एजेन्सी । कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । विश्वव्यापी रूप फैलिरहेको कोरोना भाइरसप्रति सतर्कता अपनाउँदै यी १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाइएको त्यहाँको द गभरमेन्ट कम्युनिकेसन अफिस (जीसीओ) ले जनाएको छ ।

नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनन, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया र थाइल्याण्डका नागरिकलाई कतारमा सोमबारबाट लागू हुने गरी अस्थायी प्रतिबन्ध लगाइएको हो ।

विश्वव्यापी रूपमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण आफ्नो देशमा फैलनबाट रोक्न यो प्रतिबन्ध लगाएको जनाएको छ । यो निर्णयले माथि उल्लेखित सबै देशलाई प्रभावित गर्नेछ, यसमा कामदार र पर्यटक दुबैका लागि अन अराइल भिसा पनि समावेश छ  ।’