सुनचाँदीको मूल्य स्थिर

सफल खबर संवाददाता

आइतबार, २५ फागुन २०७६, १६ : ४२
सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलाको ८२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । तेजावी सुन तोलामा ८२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । 

चाँदी तोलामा ८९० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ । यसअघि शुक्रबार पनि सुन र चाँदीको यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस