टिजरमा यस्तो देखियो ‘चपली हाइट ३’

आइतबार, २५ फागुन २०७६, १५ : ०३
टिजरमा यस्तो देखियो ‘चपली हाइट ३’

काठमाडौं । चलचित्र ‘चपली हाइट ३’को टिजर सार्वजनिक भएको छ । आज शनिबार सार्वजनिक गरिएको टिजर सस्पेन्स थ्रिलर शैलीमा तयार गरिएको छ । १ मिनेट ४३ सेकेण्ड अवधिको टिजर हेर्दा फिल्म अभिनेत्री स्वस्तिमा खड्काको वरिपरि घुमेको अनुमान लगाउन सकिन्छ । 

अर्जुन कुमारको निर्माण रहेको फिल्म निकेश खड्काले निर्देशन गरेका हुन् ।

स्वस्तिमा र अर्पणको अलवा फिल्ममा सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखक, विशाल पहारीलगायतका कलाकारको अभिनय रहेको छ । 

सुभाष भुषाल र अर्जुन कुमारको संगीत, अष्ट महर्जनको द्वन्द्व रहेको फिल्म अर्जुन कुमार फिल्मस्को ब्यानरमा फिल्म निर्माण भएको हो । फिल्म सन् २०१२ को सुपरहिट ‘चपली हाइट’को तेस्रो सिक्वेलको रुपमा निर्माण भएको हो ।

 

प्रतिक्रिया दिनुहोस