इन्द्रको ‘जाइफल’ ‘स्वाहा’

शनिबार, २४ फागुन २०७६, १५ : ४८
इन्द्रको ‘जाइफल’ ‘स्वाहा’

चितवन । साहित्यकार इन्द्र रेग्मीका दुई कृति 'जाइफल' मुक्तक संग्रह र 'स्वाहा' निबन्ध संग्रह शनिबार एक समारोहबीच भरतपुरमा विमोचन गरिएको छ ।

साहित्य संगम चितवन र प्रगतिशील लेखक संघ चितवनले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा जाइफल र स्वाहा विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि कवि तथा प्राध्यापक घनश्याम शर्मा पौडेलबाट विमोचन गरिएका कृतिमाथि प्राध्यापकद्वय भवनाथ सडौला र डा. एकनारायण पौडेलले समीक्षा सुनाएका थिए । 

साहित्य संगम चितवनका उपाध्यक्ष बाबुराम पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कवि तथा लेखक सरिता तिवारी, साहित्यकार एलबी क्षेत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस