साउदी अरेबियामा राजपरिवारका तीन उच्च सदस्यहरु पक्राउ

शनिबार, २४ फागुन २०७६, ११ : ५०
साउदी अरेबियामा राजपरिवारका तीन उच्च सदस्यहरु पक्राउ

एजेन्सी । साउदी अरेबियाको राजपरिवारका तीन उच्च सदस्यहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्वराजकुमार मोहम्मद बिन नायेफ र भतिजा नवाफ बिन नायेफ छन् ।

तीनै जनालाई शुक्रबार हिरासतमा लिइएको हो । उनीहरूलाई किन गिरफ्तार गरियो भन्नेबारे केही खुलाइएको छैन ।

पक्राउ परेका अब्दुलाजिज साउदी अरेवियाका संस्थापक राजा अब्दुलाजिजका एकमात्र जिवित छोरा हुन् ।

पक्राउ परेका मोहम्मद बिन नायेफ यसअघि आन्तरिक मामिला सम्बन्धी मन्त्री थिए । उनलाई सन् २०१७ मा साउदी युवराज मोहम्मद बिन सलमानले घरमै कैद नजरबन्द गरेर राखेका थिए ।

यसपटक पनि पक्राउ परेका तीनै जनालाई उनकै निर्देशनमा पक्राउ गरिएको अनुमान छ ।

उनीहरू तीनै जनालाई कालो पोशाकमा माक्स लगाएर आएका सेनाले घरबाट पक्राउ गरिएको जनाइएको छ ।

साउदी अरेवियाले भने यी समाचारहरूको कुनै खण्डन या पुष्टि गरेको छैन ।

प्रतिक्रिया दिनुहोस