काठमाडौं । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा आइतबारदेखि प्रहरी र मनोसामाजिक परामर्शदाता राखिने भएको छ ।
कोरोना संक्रमणको आशंकामा आइसोलेसन वार्डमा भर्ना भएका बिरामी भाग्ने घटना देखिन थालेपछि अस्पताल प्रशासनले प्रहरी र परामर्शदाता राख्ने निर्णय गरेको हो । ‘माइक्रोफोन राखेर सुरक्षित दोहोरो संवादको समेत व्यवस्था गरिरहेका छौं,’ अस्पतालका निर्देशक डा।सागर राजभण्डारीले भने ।
बिरामी, स्वास्थ्यकर्मी, परामर्शदाता र आफन्तहरूबीच सहज संवादका लागि माइक्रोफोन राख्न थालिएको हो । आइसोलेसन वार्डमा रहेका बिरामी भाग्न नपाऊन् भनेर अस्पतालमा सीसीटीभीसमेत जडान गर्न थालिएको छ । अस्पतालको आइसोलेसन वार्डमा राखिएका दक्षिण कोरियाबाट आएका एक नेपाली बुधबार राति भागेका थिए । यसअघि समेत एक जना विदेशी नागरिक अस्पतालबाट भागेका थिए ।
‘उनी डराएका थिए, अन्य लक्षण देखिएको थिएन,’ डा राजभण्डारीले भने । उनका अनुसार भागेका ती बिरामीलाई बिहीबार विराटनगरमा फेला पारेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा जान भनिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
उपचारका लागि विदेशबाट नेपाली अस्पतालमा आउन थाले बिरामी
बन्दीपुर अस्पतालमा पखाला र ज्वरोका बिरामी बढे
बिरामी भएपछि २४ वर्षीया युवतीले अचानक अंग्रेजी बोल्नै बिर्सिएपछी...
बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप
मधेस प्रदेशमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरु
बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढे