मध्यरातमा त्रिशुलीमा हामफाले नवविवाहित दम्पतीले

पत्रपत्रिकाबाट

शुक्रबार, २३ फागुन २०७६, ०७ : २७
मध्यरातमा त्रिशुलीमा हामफाले नवविवाहित दम्पतीले

प्रतिकात्मक फोटो

नुवाकोट । विवाह गरेको केही समय नबित्दै नुवाकोटमा एक नव विवाहित दम्पतीले त्रिशुली नदीमा हामफालेका छन् । पारिवारिक विवादलाई लिएर विदुर नगरपालिका वडा नं. १ ढुंगे बजारका २२ वर्षीय मौशम खाती र २१ वर्षिय सञ्जु खाती सँगै आत्महत्या गर्ने उद्देश्यले बुधबार राति त्रिशुली नदीमा हामफालेका हुन् ।

त्रिशुली नदी किनारमै घर भएका उनीहरुले घरको छतबाट एकैपटक हामफाल्दा श्रीमती सञ्जुको घटनास्थलमै मृत्यु भएको थियो भने श्रीमान् मौशमलाई घटना लगत्तै घाईते अवस्थामा प्रहरीले उद्धार गरेको थियो । छिमेकीहरुले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

हाल घाइतेको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ भने मृतकको पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक अवि नारायण काफ्लेले जानकारी दिए । उनका अनुसार जिवित उद्धार गरिएका श्रीमान् मौशमलाई अस्पतालमै प्रहरीकै नियन्त्रण र निगरानीमा उपचारमा राखिएको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस