नेकपाले घरघरमा कोरोना भाइरसवाट बच्न अभियान चलाउने

सफल खबर संवाददाता

विहीबार, २२ फागुन २०७६, ०८ : १९
नेकपाले घरघरमा कोरोना भाइरसवाट बच्न अभियान चलाउने

काठमाडौं । सत्तारुढ दल नेकपाले घरघरमा कोरोना भाइरसबाट बच्न अभियान चलाउने भएको छ । कोरोना भाइरसबाट बच्नका लागि अवलम्वन गर्नुपर्ने सचेतनाका विषयमा पर्चा बनाएर घरघरमै अभियान चलाउन नेकपाले पार्टी नेता कार्यकर्तालाई निर्देशन गरेको हो ।

पार्टी महासचिव विष्णु पौडेलले हस्ताक्षर गरेर पठाईएको आन्तरिक सर्कुलरमा यस्तो निर्देशन गरिएको छ । कोरोनाबाट जोगिने जानकारी मुलुक पर्चा तयार गर्ने र आफ्नो जिल्लाका प्रत्येक घर तथा प्रत्येक ब्यक्ति समक्ष पु¥याउन पनि नेकपाले निर्देशन गरेको हो ।

सबै तहका पार्टी कमिटिहरुले आफनो तहका जनप्रतिनिधी, सामाजिक जीवनका अगुवाहरु र स्थानिय सञ्चारमाध्यमहरुसँग समन्वय गरी कोरोना भाइरसबाट बच्ने उपायका सम्वन्धमा जानकारी मुलक कार्यक्रम सञ्चालन गर्न पनि नेकपाले अनुरोध गरेको छ ।

त्यस्तै उसले पार्टीको अभियानका केही कार्यक्रम पनि परिमार्जन गरेको छ । अभियान अन्र्तगत निर्धारण गरिएका ठूला भेला तथा जनसभाहरु हाललाई स्थगन गर्ने तर पार्टी तथा जनसंगठनका सबै तहका कमिटिका बैठक भने आयोजना गर्न नेकपाले भनेको छ । 
(हेर्नुहोस् सर्कुलर)