चितवन । भरतपुर महानगरपालिकाले बुधबार अत्यन्त जरुरी सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन महानगरवासीहरुमा अनुरोध गरेको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीद्वारा जारी सूचनामा मेला, महोत्सव संचालन नगर्न र त्यस्ता कार्यक्रममा सहभागी नहुन अनुरोध गरिएको छ ।
महानगरबाट जारी सूचना विपरीत त्यस्ता कार्यक्रम संचालन गरेमा नियमानुसार कारबाही हुने उक्त सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ फागुन २०७६, १७ : ११
लेखकबाट थप