आइल्याण्ड

सम्पन्न राष्ट्रको परिचयसँग भयभित एक मुलुक

शुक्रबार, ०४ फागुन २०७४, १० : ०९
सम्पन्न राष्ट्रको परिचयसँग भयभित एक मुलुक

काठमाडौँ । सानो राष्ट्र कुक आइल्याण्ड प्रशान्त महासागरमा अवस्थित टापुहरु मिलेर बनेको राष्ट्र हो । अहिले यसको नयाँ परिचय बन्न गइरहेको छ । यो मुलुक यो क्षेत्रबाट ‘विकसित’ को हैसियतमा स्तरोन्नति हुने पहिलो मुलुक हुन गइरहेको छ । कुनै पनि मुलुक विकसित हुँदा खुसी हुनपर्ने कुरा हो । तर, यो कदमले दुरावस्था निम्त्याउँछ कि भनेर केही सरकारी पदाधिकारीहरु भने चिन्तित छन् ।

कुक आइल्याण्ड पन्ध्र टापूहरु मिलेर बनेको छ । कुक आइल्याण्डले आफ्नो बलियो छिमेकी राष्ट्र न्यूजील्याण्डसँग खुल्ला सम्बन्ध सन्धि गरेको छ । यसको मतलब यो स्वशासित छ तर यहाँका बासिन्दाहरुले चाहेमा न्युजील्याण्डको नागरिकता पाउन सक्छन् । साथै यो राष्ट्रले न्युजील्याण्डबाट वार्षिक रुपमा २ करोड पचास लाख न्युजील्याण्ड डलर अनुदान पाउँछ ।

अघिल्लो दशक कुक आइल्याण्डले आर्थिक रुपमा उलेख्य सफलता हासिल ग¥यो । एशियाली विकास बैङ्क अनुसार यसले छ बर्ष लगातार उच्च आर्थिक बृद्धी हासिल ग¥यो ।

सरकारले हवाई भाडामा दिएको सहुलियतबाट आकर्षित भएर अघिल्लो वर्ष १,५०,००० भन्दा बढी पर्यटकहरुले यो टापूको भ्रमण गरे । यस अतिरिक्त माछापालनको कुशल व्यवस्थापनबाट राम्रो राजस्व आय भयो ।

यी प्रगतिले गर्दा यो सानो राष्ट्र ‘विकासोन्मुख’बाट ‘विकसित’ कहलिन योग्य बनेको छ । तर सरकार यस खबरले खुसी देखिँदैन । परराष्ट्र सचिव टेपरु हेरमान मुलुकको हैसियतमा परिवर्तन चिन्ताजनक रहेको बताउँछन् । “सरकारको तर्फबाट हामीले यसले निम्तने सक्ने खराब अवस्थाको तयारी गर्ने निर्णय गरेका छौँ । हाम्रा केही चासोमा मध्यम आयबाट उच्च आयको मुलुकमा परिवर्तन भइरहँदा यसले प्राकृतिक प्रकोप र मौसम परिवर्तनबाट हामीमा रहेको निरन्तरको खतराको लेखाजोखा गरिएन भन्ने हो । अहिलेको समयमा हामीसँग बलियो अर्थतन्त्र भए पनि हामीलाई निश्चित क्षमताको समुन्द्रीआँधीले वर्षौँ पछाडी धकेल्न सक्छ ।”
कुक आइल्याण्डको आधा जनसङ्ख्या मुख्य टापु रारोटोन्गामा बस्छन् र बाँकी जनसङ्ख्या निक्कै फराकिलो भूभागमा छरिएका छन् । यो राष्ट्रका पन्ध टापुहरु २० लाख वर्ग किलोमिटरमा फैलिएको छ । यो टापूको ९९.९९ प्रतिशत भाग समूद्र पर्छ । कुनै टापूमा त सयभन्दा कम मान्छे मात्र बस्छन् र तिनीहरु अझै माछा मार्ने र जीवन–निर्वाहमुखी खेतीमा आधारित परम्परागत जीवन जीउँछन् ।

“यी केही टापूहरुको बाँकी विश्वसँगको सम्पर्क दुई वा तीन महिनामा मालसमान आपुर्ति गर्न त्यहाँ पुग्ने पानीजहाज मार्फत् हुन्छ । यो ओ.इ.सि.डी. र बाँकी सँसारले कुक आइल्याण्डको नदेखेको अर्को पाटो हो,” हरमनले भने ।

अनुदानको प्रश्न
वित्त मन्त्री मार्क ब्राउनले कुक आइल्याण्ड सम्पन्न राष्ट्रमा स्तरोन्नती हुने खबरमा टापूबासीले मिश्रित प्रतिक्रया दिएको बताए । केहीले हामीले हासिल गरेको उलेख्य उपलब्धिमा खुसी व्यक्त गरेको छन् तर धेरैले यो हैसियतले अबका दिनमा देशले पाउने अनुदानमा के फरक ल्याउँछ भन्नेमा सशंकित छन् ।
ब्राउनले यो परिवर्तनले उनको देश अब संयुक्त राष्ट्रबाट लगानीको लागि योग्य नहुने बताए । उनले सरकारले हाल भने क्षेत्रिय दाता राष्ट्रहरु न्युजील्याण्ड र अष्टे«लियासँग तिनले के कस्ता सहयोग निरन्तरता दिन सक्छन् भनेर वार्ता चलाइसकेको बताए ।
हरमनले न्यु–जील्याण्ड सरकारसँगको हालसम्म भएको प्रारम्भिक वार्ताहरु सकारात्मक रहेको र तत्काल कुनै लगानी कटौति नहुने आशा व्यक्त गरिन् ।


“हामी हाल सम्पन्न राष्ट्र मानिए पनि हाम्रा आधारभूत संरचनाहरु जस्तै हवाई धावन मार्ग, बन्दरगाह र औषधी तथा शिक्षा सुविधा निर्माणको प्रति व्यक्ति खर्च निक्कै महङ्गो छ । र, थोरै मान्छेको बसोबास भएपनि हामीले यी सुविधा सबै टापूहरुमा पु¥याउनु पनि छ,” ब्राउनले भने । “ भविष्यमा वृद्धी हुन लागेको हैसियत खुसी मनाउनुपर्ने खबर त हो तर यसको सिधा अर्थ विगतमा विकासका लागि हामीले पाइरहेको सुविधा रोकिने भन्ने हो । त्यसले हामीले व्यापार गर्ने अन्तर्राष्ट्रिय मञ्चमा अन्तरक्रिया गर्ने फरक तरिकाहरु सोच्नुपर्ने अवस्था निम्त्याएको छ ।”

हुनत कुकु आइल्याण्ड २०१८ को अन्तसम्म आधिकारिक रुपमा सम्पन्न राष्ट्रको घोषणा हुने छैन । हरमनले कुक सरकारले विश्वभर रहेको द्विपक्षिय सहयात्रीहरु माझ आपसी फाइदाको सहयात्राको लागि पहुँच बढाउन शुरु गरिसकेको बताएका छन् । तर उनले आफूहरुले अनुदान परनिभरता नचाएको बताए ।

“हाम्रो अधिकांश राजस्व रारोटोङ्गा टापूबाट आर्जन हुन्छ । त्यसैले हामी अरु टापूहरुमा उद्यमशीलताको नयाँ क्षेत्र खोजी गरिरहेका छांै । तर केही त पूर्णत उजाड छन् । त्यसैले विकल्पहरु सिमित छन ।” हरमनले थप बताए ।

कुक आइल्याण्ड सन् १९०१ मा न्यु जील्याण्डको उपनिवेश बन्यो तर सन् ६० को दशकको शुरु तिर आत्म–निर्णयको आवाज उठे पछि यो राष्ट्र १९६५ न्युजिल्याण्डसँग स्वतन्त्र सम्बन्धमा रहने गरि स्व–शासित भयो । कुक आइल्याण्डका ६०,००० भन्दा बढी बासिन्दा न्युजील्याण्डमा बसोबास गर्छन् । बाँकी २१,००० मात्र आफ्नो मुलुकभित्र बसोबास गर्छन् । कुक आइल्याण्ड आफूलाई आवश्यक पर्ने उर्जा, खाना र मेसिनको ठूलो हिस्साको लागि न्युजील्याण्डबाट हुने निर्यातमा निर्भर रहेको छ ।

प्रतिक्रिया दिनुहोस