काठमाडौं । सोमबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुने भएको छ । तर, प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार कुन समयदेखि सुरु गर्ने भन्नेबारे भने चिकित्सकहरुले टुंगो लगाइसकेका छैनन् ।
टिचिङ अस्पतालका निर्देशक डाक्टर प्रेम कृष्ण खड्काले कुन समयमा मिर्गौला प्रत्यारोपण गर्ने भनेर चिकित्सकहरुले छलफल गरेर मंगलबार बेलुकासम्म टुंगो लगाउने बताए ।
उनका अनुसार मंगलबार बिहान ओलीको डायलाइसिस गरिएको छ । मिर्गौला प्रत्यारोपण गर्नुअघि रगतमा हुनसक्ने टक्सिनहरु निकाल्न डायलाइसिस गरिएको उनको भनाइ छ । भोलिको शल्यक्रियाको तयारीका लागि प्रधानमन्त्री ओली आज रातिदेखि केही पनि नखाइ बस्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० फागुन २०७६, १३ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले उद्घाटन गरे अनेरास्ववियुको महाधिवेशन
पैसा नभएकै कारण अस्पतालमा पुगेर उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छः प्रधानमन्त्री ओली
प्रधानमन्त्रीद्वारा जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन
पर्वतारोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील छ: प्रधानमन्त्री ओली