काठमाडौँ । रंगहरुको उत्सव होली अर्थात फागु पर्व अब आउन एक साता पनि बाँकी छैन् । सदभाव र भाईचारा सम्बन्ध स्थापित गर्ने पर्वको रुपमा रहेको होली पहाड र तराईमा गरि छुट्टाछुट्टै दिन खेलिन्छ ।
होली पर्व नजिकिदैं गर्दा एक किसिमको उमंग पनि शुरु भएको छ । होली औपचारिक रुपमा सुरु भएको संकेत भने आज मंगलबार काठमाडौँको बसन्तपुरमा बिहानको शुभसाइतमा होलीको लिंगो ठड्याएसँगै सुरु भएको हो ।
रंगिन ध्वजासहितको चीर ठड्याउने बेला नेपाली सेनाको गुर्जु पल्टनले हर्ष बढाइसमेत गरेको थियो । हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन चीर ठड्याउने चलन छ ।
यो वर्षको होली पहाडका जिल्लामा आउँदो सोमबार र तराईका जिल्लामा मंगलबार मनाईँदै छ । होली नजिकिएसंगै पर्व मान्न सर्वसाधारण भने आ–आफ्ना गृह जिल्ला समेत फर्किन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
तराईका जिल्लामा आज होली
आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै फागुपूर्णिमा
सार्वजनिक स्थानमा होली नखेल्न कञ्चनपुर प्रशासनको आग्रह
होलीमा ‘जोगिरा’ सुनिन छाड्यो, संस्कृतिप्रेमीहरू चिन्तित
वसन्तपुरमा चीर ठड्याइयो, होली शुभारम्भ