रातारात गैंडाकोट आए पाँच चिनिया, सेल्फ क्वारेन्टाइनमा बसेको खुलासा

प्रकाश सिग्देल

सोमबार, १९ फागुन २०७६, १६ : २८
रातारात गैंडाकोट आए पाँच चिनिया, सेल्फ क्वारेन्टाइनमा बसेको खुलासा

नवलपुर । पाँच जना चिनिया नागरिक समान्य चेक जाँचकै भरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै गैंडाकोट आएका छन् । यस्तो बेला चीनबाट आएका नागरिकलाई सरकारले विशेष क्वारेन्टाईनमा राखेर मात्रै पठाउनु पर्नेमा विमानस्थलको सामान्य सोधपुछ पश्चात उनीहरु रातारात गैंडाकोट आएको बताइएको छ । 

कोरोनाको मुख्य संक्रमण फैलिएको देश चीनबाट यही फागुन १७ गते विहान ३ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भई त्यहाँबाट उनीहरु सिधै रातारात गैंडाकोट आएको बुझिएको छ । गंैडाकोट–बुटवल सडक निर्माण ठकेदार कम्पनीका पहिलो खण्डका प्रोजेक्ट म्यानेजरसहित अन्य ४ चिनिया प्राविधिक अहिले गैंडाकोटमा रहेको बताइएको छ । यस्तो सनत्रास फैलिएका बेला त्यसमा पनि चिनिया नागरिकलाई सामान्य चेकजाँचकै भरमा सरकारी निगरानी बिना कार्यक्षेत्रमा पठाइएको छ । 

गैंडाकोट–बुटवल सडक निर्माण आयोजना पहिलो खण्डका योजना प्रमुख सुजन अधिकारीले ५ चिनियाहरु स्वास्थ्य मन्त्रालयको सिफारिसका आधारमा गैंडाकोटमा आएको उनीहरुलाई गैंडाकोट सम्म ल्याउने चालक पनि अहिले सेल्फ क्वारेन्टाईनमा बसेको बताउनु भयो । आफूलाई आएको जानकारी अनुसार उनीहरु गैडाकोट स्थित एक घरमा सेल्फ क्वारेन्टाईनमा बसेका छन् । 

उनीहरुको स्वास्थ्य अवस्थाको निगरानी भने भईरहेको उहाँले जनाउनु भयो । विगत केही महिना अगाडि नयाँ वर्ष मनाउन चीन गएका परियोजना प्रमुख सहितका कर्मचारीहरु मध्य ५ जना फर्किएका हुन् । उनीहरु नेपाबाट चीन जाना साथ चीनमा कोरोना फैलिएको र त्यस लगत्तै उनीहरु चीनमा पनि चाईनिज क्वारेन्टाईन गाईडलाईन्स फलो गरेर बसेकाले नेपाल सरकारकै समन्वयमा उनीहरु नेपाल आएकोले डराउनु पर्ने अवस्था नरहेको परियोजनाका प्रमुख अधिकारी बताउनु हुन्छ । 

उहाँका अनुसार १४ दिन उनीहरु सेल्फ क्वारेन्टाईनमा बस्नेछन् ।  अधिकारीका अनुसार उनीहरु त्रिभुवन बिमानस्थलमा अवतरण गरेपछि त्यहाँको स्वास्थ्य जाँचपछि छुट्टै गाडी चढि गैंडाकोट आएका हुन् । केही लक्षणहरु देखा परे तुरुन्तै मन्त्रालयसँग समन्वय गरिने उहाँले बताउनु भयो ।  

सडक निर्माणको सुपरिभिजन गर्ने जिम्मा पाएको कोरियन कन्सल्टेन्ट कम्पनिका रेरिडेन्ट ईन्जिनिर्यस स्याम विक्रम खाँडले यो विषयले आफूहरुपनि त्रासमा रहेको बताउनु भयो । उनीहरुलाई नेपाल सरकारले कसरी आउने अनुमति दियो त्यो आफूहरुलाई जानकारी नभएको र उनीहरुलाई सरकारले नै बिशेष निगरानी गरी केहि दिन सेफ क्वारेन्टाईनमा राख्नु पर्ने बताउनु भयो । 

यस्तो बेला चिनियाहरु आउँदा मानिसमा सन्त्रास छाउने र केही कारणबस कोरोनाको संक्रमण देखि हालेमा त्यसले ठूलो असर हुने हुँदा सरकारले विशेष ध्यान दिनु पर्ने उहा बताउनु हुन्छ । आफूलाई ठेकेदार कम्पिनीले १ जना गैंडाकोट र ४ जना बर्दघाटमा राखेको भनेर विहान मात्रै खबर गरेको र स्वास्थ्य अवस्थाका बारेमा नियमित निगरानी गरिएको जानकारी दिएकोे बताउनु भयो । यो बिषयमा सरकारी समयन्त्रहरु बढी चनाखो हुनुपर्ने उहाँ बताउनु हुन्छ । कार्यालयमा  पहिलेदेखि नै रहेका अरु चिनिया पनि यो विषयमा अलि बढी चिन्तित भएको आफूले पाएकाले कुनै खाले समस्या नहोला भन्नेमा आफू आशावादी रहेको बताउनु भयो । 

यता गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले भने कोरोना फैलिएपछि चिनियाहरु गैंडाकोटमा नआएको बताउनु भयो । आफूले पनि हल्ला सुनेर बुझेको तर उनीहरु नआएको भन्न्ो खबर पाएको उहाँ बताउनु हुन्छ । 

चिनिया ठेकेदार कम्पिनीले निर्माण गरेको यो  परियोजनामा ४० जना चिनियाहरु रहेकोमा १५ जना बिदा मनाउन चीन गएका थिए भने ५ जना फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस