कोरोना भाइरस के हो ? यसबाट कसरी बच्ने ? सतर्कता अपनाउन आग्रह

विश्वका ६४ मुलुकमा संक्रमण देखियो ! ३ हजार बढीले ज्यान गुमाए, ८८ हजारमा संक्रमण

सोमबार, १९ फागुन २०७६, १२ : ०७
कोरोना भाइरस के हो ? यसबाट कसरी बच्ने ? सतर्कता अपनाउन आग्रह

काठमाडौँ । नोभेल कोरोना भाइरसको अत्याधिक संक्रमण अहिले विश्वभरि नै ह्वात्तै फैलिरहेको छ । चिनको उवान प्रान्तबाट शुरु भएको यो रोग अहिले महामारीको रुपमा फैलिदैं गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अहिले सम्म यो रोगको संक्रमण ६४ वटा मुलुकमा देखिईसकिएको छ । भने करिब ३ हजार जनाले यही रोगकै कारण अकालमै ज्यान गुमाउनु परेको छ । ८८ हजार भन्दा बढीमा यसको संक्रमण देखिएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले आइतबार हुबेईमा थप ४२ जनाको मृत्यु भएको जनाएको छ । योसँगै चीनमा यस रोगबाट ज्यान गुमाउनेको संख्या २ हजार ९१२, चीनबाहिर ज्यान गुमाउनेको सङ्ख्या १ सय २९ रहेको छ । जसमा इरानमा ५४, इटालीमा ३४, दक्षिण कोरियामा २०, जापानमा १२, हङकङमा २ र फ्रान्समा २ जना रहेका छन् । फिलिपिन्स, ताइवान, अस्ट्रेलिया, थाइल्याण्ड र अमेरिकामा १–१ जनाले ज्यान गुमाएका छन् । आइतबारसम्म चीनमा यस रोगबाट संक्रमितको सङ्ख्या ८० हजार २६ पुगेको छ भने विश्वभर यो सङ्ख्या ८८ हजार ४४३ पुगेको छ । पछिल्लो हप्ता देखि युरोप र मध्यपूर्वमा यस रोगको संक्रमण फैलिएको छ । 

विश्वभरि नै तिव्र रुपमा फैलिरहेको यो रोगको अवस्था र संक्रमण नेपालमा के छ त ?
कोरोना भाइरसको संक्रमण तिव्र रुपमा फैलिएसंगै नेपालमा पनि यसको संक्रमण हुन नदिन निकै सर्तकता अपनाईएको छ । सतर्कताकै कारण अहिले सम्म नेपालमा कसैमा पनि संक्रमण देखिएको छैन् । सर्तकर्ता अपनाईरहदा पनि हाल यसको संक्रमणको आशंकामा चार जनालाई शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ । विदेशबाट फर्किएका उनिहरुलाई शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा संक्रमणको आशंकामा भर्ना गरिएको हो ।

उनिहरुलाई आइसोलेसन वार्डमा राखेर स्वास्थ्य जाच गरिएको अस्पतालका प्रवक्ता अनुप बाँस्तोलाले बताएका छन् । दक्षिण कोरियाबाट फर्किएका ३ जना र चीनबाट स्वदेश फिर्ता भएका एक जनालाई अस्पतालको आइसोलेसन वार्डमा राखिएको हो । चिनमा यो रोगको संक्रमणले महामारी लिन थालेपछि नेपाल सरकारले २ साता अघि त्यहां रहेका १ सय ८५ जना नेपालीलाई चार्टर विमान पठाएर नेपाल ल्याएको थियो । उनीहरुमा संक्रमण भएको नभएको थप जांचको लागि खरिबोटमा अस्थायी क्याम्प नै बनाएर राखेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हाल सम्म यो रोगको संक्रमण कसैमा नेदिखएको जनाएको छ ।

संक्रमण हुन नदिन सरकारले विभिन्न क्षेत्रमा डेस्क स्थापना गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले रोकथामकै लागि विभिन्न क्षेत्रमा डेस्क समेत स्थापना गरेको छ ।  त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलमा आगन्तुकको परीक्षणका लागि चौबिसै घण्टा स्वास्थ्यकर्मीको टोली खटाइएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठको भनाई छ  । विश्वभरि नै महामारीको रुपमा फैलिरहेको यो रोगको संक्रमण हुन नदिन तथा बच्न स्वास्थ्य मन्त्रालयले मेला, महोत्सव तथा भिडभाडमा नजान, सरसफाईमा विशेष ध्यान दिन, तथा भोजभतेर नगर्न आग्रह गरेको छ । 

कोरोना भाइरसले कस्तो असर गर्छ ?
नोभेल कोरोना भाइरसले रुघाखोकीदेखि गम्भीर प्रकारको स्वाशप्रश्वाशको समस्या निम्त्याउन सक्ने चिकित्सकले बताएका छन् । शुरुमा जनावरबाट मान्छेमा आएको यो भाइरस पछिल्लो समयमा मान्छेबाट मान्छेमा सरेको विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पुष्टि गरिसकेको छ । 
कोरोना भाइरस विभिन्न सात खालमा छ । सन् २००३ मा चाइनामा सार्स कोरोना देखा परेको थियो । त्यसपछि सन् २०१२ मा मर्स कोरोना देखियो । अहिलेको ३१ डिसेम्बरमा चीनको हुवान शहरबाट नोभेल कोरोना भाइरस देखिएको हो ।

 

मुख्य लक्षण
यो रोगको मुख्य लक्षण भनेको ज्वरो आउनु, सास फेर्न अफ्ठेरो हुनु र छातीमा सङ्क्रमण हुनु हो । रुघाखोकी जस्तै लक्षण देखिने भाइरस श्वासप्रश्वास, एक जनाले प्रयोग गरेको सामान वा रुमाल प्रयोग गर्दा, हात मिलाउँदा सर्नसक्ने चिकित्सकको भनाइ छ ।यसको नियन्त्रणका लागि तत्कालै पहिचान गर्ने, त्यसलाई व्यवस्थापन र निदानात्मक उपाए अपनाउने, संक्रमित व्यक्तिको नजिकका मान्छे खोजेर उनीहरुको निगरानी गर्ने जस्ता उपाए अपनाउनुपर्नेमा चिकित्सकको जोड छ । धेरै भिडमा नजाने, व्यक्तिगत सुरक्षा र सरसफाइमा ध्यान दिने, सकेसम्म हात नमिलाउने, मिलाएमा साबुन पानीले राम्ररी हात धुनसमेत चिकित्सकले भनेका छन् । 


शुरु कहिलेबाट भयो ?
सन् २००२ मा चाइनामा सार्स कोरोना भएको थियो । त्यसको पुष्टि २००३ मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ग¥यो । त्यहाँ आठ हजार जनामा संक्रमण भएकोमा ७ सय ७४ को मृत्यु भएको थियो । मृत्युदर बढी थियो । सन् २०१२ मा साउदी अरबमा मर्स कोरोनाको संक्रमण हुँदा मृत्युदर ३५ प्रतिशत थियो । अहिले तीन प्रतिशत मृत्युदर हुनु सामान्य भएको मन्त्रालयको दाबी छ । सन् २०१५ मा दक्षिण कोरिया पनि देखिएको थियो । 

सामान्य रुघा लाग्दैमा कोरोना भनेर डराउनु पर्दैन 
चिकित्सकले सामान्य रुघाखोकी लागेका पनि टेकु अस्पतालमा आउने क्रम बढेको भन्दै संक्रमण क्षेत्रका मानिसलाई मात्रै विशेष निगरानी जरुरी रहेको बताएका छन् । अन्यले नियमित नजिकका स्वास्थ्य संस्थामा उपचार गराए हुने चिकित्सकको भनाई छ । तर यसको सावधानी अपनाउन भने आग्रह गरेको छ । अहिले सामान्य ज्वरो र रुघा लागेका मान्छेसमेत कोरोना भन्दै आउने क्रम बढेको छ । 

प्रतिक्रिया दिनुहोस