सुनको मूल्य १२ सयले घट्यो, आज कति छ मूल्य ?

आइतबार, १८ फागुन २०७६, १२ : ०४
सुनको मूल्य १२ सयले घट्यो, आज कति छ मूल्य ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य १२ सय रुपैयाँले घटेको छ । शुक्रबार तोलामा ७९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १२ सय रुपैयाँ घटेर तोलामा ७८ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन तोलामा ७७ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै चाँदी तोलामा ८६० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार चाँदी तोलामा ८०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस