प्रेमसागर कर्माचार्यले गरे १६१औं पटक रक्तदान

शनिबार, १७ फागुन २०७६, १८ : ०२
प्रेमसागर कर्माचार्यले गरे १६१औं पटक रक्तदान

बिर्तामोड । नेपाल स्वयंसेवी रक्तदाता समाजका रास्टिय अध्यक्ष प्रेमसागर कर्मचार्यले १६१ औं पटक रक्तदान गर्नु भएको छ ।

होलसेल मदिरा व्यवसायी संघले आयोजना गरेको  रक्तदान कार्यक्रममा कर्मचार्यले १६१ औं पटक रक्तदान गर्नु भएको हो ।

होलसेल मदिरा व्यवसायी संघले आयोजना गरेको  रक्तदान कार्यक्रममा  प्रमुख अतिथिको रूपमा झापा आउनु भएका कर्माचार्यलाई नेपालको आपतकालीन रक्त सञ्चारको नामले समेत चिनिन्छ ।

रक्तदाताले दिएको रगत बिरामीलाई निस्शुल्क दिनु पर्छ भन्ने अभियानका अभियान्ता  समेत रहेका कर्माचार्य काठमाडौ २८ बागबजार निवासी हुन ।

सोही अवसरमा कर्माचार्यलाई रक्त सञ्चार सेवा दमकका प्रमुख सिद्धार्थ शर्मा तथा मदिरा व्यवसायी संघले सम्मान समेत गरेका थिए ।

रक्तदान कार्यक्रममा कर्माचार्यले १६१ औं रक्तदान गर्दै गर्दा झापाका राजकुमार श्रेष्ठले ११० औं पटक रक्तदान गरेका थिए ।

होलसेल मदिरा व्यवसायी संघका अध्यक्ष प्रकाश बास्तोलाको सभापतित्व तथा गोपाल चम्लागाईको सहजीकरणमा भएको उक्त रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस