बंगलादेश । भारतको राजधानी नयाँ दिल्लीमा पछिल्ला दिनमा फैलिएको साम्प्रदायिक हिंसाको विरोधमा बंगलादेशमा प्रदर्शन भएको छ ।
बंगलादेशका केही इस्लामिक पार्टीले दिल्ली हिंसाको विरोधमा देशभर प्रदर्शन गरेका छन् । ढाकामा विरोध प्रदर्शन गर्दै इस्लामिक पार्टीका नेताहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावित बंगलादेश भ्रमण रद्द गर्नसमेत माग गरेका छन् ।
मोदीलाई बंगलादेशका राष्ट्रपिता मानिने शेख मुजीबुर रहमानको शताब्दी जयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको छ । बंगलादेशका प्रदर्शनकारीहरुले उक्त आमन्त्रण रद्द गर्न माग गरेका हुन् ।
बंगलादेशको प्रमुख अखबार ‘ढाका ट्रिब्युन’ अनुसार प्रदर्शनकारीहरुले मोदीको भ्रमण रद्द नगरिएमा उनी बंगलादेश भ्रमणका क्रममा ढाका विमानस्थलमा ओर्लिनेबित्तिकै विरोध प्रदर्शन गर्ने चेतावनी दिएका छन् ।
दिल्ली हिंसाको विरोधमा उत्रिएका बंगलादेशी पार्टीहरुले चाँडै नै बैठक आयोजना गरी थप विरोधका कार्यक्रम सार्वजनिक गर्ने हिफाजत–ए–इस्लामका उपाध्यक्ष नुर हुसैन कासमीले बताए ।
मामुनल हक नाम गरेका अर्का नेताले भने, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई कार्यक्रममा आमन्त्रण गर्नु भनेको बंगलादेशको राष्ट्रपिताको अपमान हो ।’
बंगलादेशका सत्तारुढ दल अवामी लिगका महासचिव तथा बंगलादेशका सडक परिवहनमन्त्री ओबैदुल कादरले दिल्लीमा भइरहेको हिंसा भारतको आन्तरिक मामिला भएको बताए । तर उनको भनाइलाई इस्लामिक दलहरुले कडा आलोचना गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
अराजकताले सीमा नाघ्यो, देशको सार्वभौमसत्ता र स्वतन्त्र खतरामा छ : बंगलादेश सेना
भारतले बंगलादेशमा पठायो १६ हजार टन चामल
खालिदा जियालाई उपचारका लागि विशेष एयर एम्बुलेन्समा लण्डन लगियो
बंगलादेशमा एक वर्षभित्र निर्वाचन हुने
हसिनालाई फिर्ता पठाउन बंगलादेशले भारतलाई आग्रह गर्ने
नेपालबाट बंगलादेशमा बिजुली निर्यात सुरू