चितवन । ट्रकको ठक्करबाट चितवनमा स्कुटर चालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका १० बाइपास सडक स्थित हुलाक चोक अगाडी बसपार्क तर्फ गइरहेको ना ६ ख १४७५ नम्बरको ट्रक र विपरितदिसाबाट गइरहेको ना ३१ प ४५८५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
आज साँझ भएको दुर्घट्नामा परी गम्भिर घाईतेलाई भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक नबलपरासी पुर्ब बुलिङटार गाउपालिमा ३ धारापानीका २० बर्सिय सोबित घर्तिमगर रहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । ट्रक चालक मकवानपुर हेटौडा उपमहानगरपालिका ३ का ३० बर्सिय सन्दिप नेपाललाइ प्रहरीले पक्राउ गरेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ फागुन २०७६, २० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु