गाली बेइज्ज्तीको विरुद्धमा बाँस्कोटाले अदालतमा दिए मुद्दा

सफल खबर संवाददाता

शुक्रबार, १६ फागुन २०७६, १५ : ३८
गाली बेइज्ज्तीको विरुद्धमा बाँस्कोटाले अदालतमा दिए मुद्दा

काठमाडौं । पूर्व सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका छन् ।

आफूविरुद्ध लगाइएको झुट्टा लाञ्छना र गाली बेइज्ज्तीको विरुद्धमा बाँस्कोटाले आज शुक्रबार मुद्दा दायर गरेका हुन् । 

निवर्तमान मन्त्री बाँस्कोटाले विजयप्रकाश मिश्रलाई विपक्षी बनाई दायर गरेको मुद्दामा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको विषयमा अडियो सार्वजनिक गरेर आफूलाई झुटो आरोप लगाएको उल्लेख छ । बाँस्कोटाले मुद्दा दर्ता गर्नेबित्तिकै सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “मविरुद्ध लगाइएको झुट्टा लाञ्छना र गाली बेइज्जतीको विरुद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौँमा न्याय माग गर्दै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु ।”

प्रतिक्रिया दिनुहोस