सीपी मैनाली सवार कार दुर्घटना नियोजित : माले

सफल खबर संवाददाता

शुक्रबार, १६ फागुन २०७६, १३ : १६
सीपी मैनाली सवार कार दुर्घटना नियोजित : माले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माले) ले पार्टी महासचिव सीपी मैनाली सवार कार दुर्घटना नियोजित भएको दाबी गरेको छ । मालेले दुर्घटनाको भोलिपल्ट एक विज्ञप्ति जारी गर्दै दुर्घटना अस्वभाविक र नियोजित भएको दाबी गरेको हो ।

माले महासचिव मैनालीसहित परिवारका सदस्य सवार कार झापाबाट काठमाडौं आउँदै गर्दा बिहीबार धनुषा र सिन्धुलीको सीमामा पर्ने रातु नदी नजिकै अर्को सवारीसँग जुधेर दुर्घटना भएको थियो ।

सीपीसहित घाइतेहरूको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार, सीपी अहिले खतरामुक्त छन् । 

मालेका प्रवक्ता कुमाल बेलबासेद्वारा जारी विज्ञप्तिमा विज्ञप्तिमा दुर्घटनाको अन्तरनिहित दुर्नियत योजनाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस