अन्तत : प्रियंका बैबाहिक बन्धनमा

शुक्रबार, १६ फागुन २०७६, ०९ : २३
अन्तत : प्रियंका बैबाहिक बन्धनमा

काठमाडौं । नायिका प्रियंका कार्कीले आफ्ना प्रेमी आयुष्मान देशराज जोशीसँग बिबाह गरेकी छिन् । उनले बिहीबार जिल्ला अदालत ललितपुरमा कोर्ट म्यारिज गरेकी हुन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा ब्याच्लर पार्टीदेखि मेहेन्दीसम्मको फोटोहरु भाइरल भइरहँदा बिहीबार यो जोडीले कोर्ट म्यारिज गरेको हो ।

उनीहरुले सामाजिक सञ्जालमार्फत कोर्ट म्यारिज भएको जनाएका छन् । दुबैले आफ्नो सामाजिक सञ्जालमा बिबाहको फोटो राख्दै ‘मिस्टर एण्ड मिसेज (श्रीमान–श्रीमती) लेखेका छन् ।

निकट व्यक्तिहरुको उपस्थितिमा उनीहरुले एकअर्कालाई माला लगाइदिँदै कानुनी रुपमा बिहे गरेर बिबाह दर्ता गराएका थिए ।  यसअघि उनीहरुले फागुन १५ मा बिहे गर्ने भनिएपनि स्वरुप भने सार्वजनिक गरिएको थिएन । उनीहरु लामो समयदेखि एकअर्काको प्रेममा थिए ।

प्रतिक्रिया दिनुहोस