एसइईमा पाँच लाख १० हजार विद्यार्थी, ६ चैतदेखि परीक्षा सुरु हुने

शुक्रबार, १६ फागुन २०७६, ०८ : १२
एसइईमा पाँच लाख १० हजार विद्यार्थी, ६ चैतदेखि परीक्षा सुरु हुने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)मा सहभागी हुन पाँच लाख १० हजार विद्यार्थीले फारम भरेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय, एसइईका अनुसार नियमिततर्फ चार लाख ९५ हजार र आंशिकतर्फ १५ हजार विद्यार्थीले परीक्षा आवेदन भरेका छन् । परीक्षा १७ चैतसम्म सञ्चालन हुनेछ । परीक्षामा सबैभन्दा बढी काठमाडौं र कम मनाङबाट सहभागी हुँदै छन् ।

काठमाडौंमा फारम भर्ने ३६ हजारभन्दा बढी छन् भने मनाङमा ५० विद्यार्थी मात्रै छन् । जिल्लाबाट आएका विवरणमा केहीको सिम्बोल नम्बर छुटेकाले विद्यार्थी संख्या बढ्न सक्ने पनिका कर्मचारीले बताए । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस