वर्षाका कारण इँटा उद्योगमा १५ करोडको क्षति

विहीबार, १५ फागुन २०७६, १० : ०६
वर्षाका कारण इँटा उद्योगमा १५ करोडको क्षति

चितवन । तीन दिनदेखि परेको वर्षाका कारण जिल्लाका इँटा उद्योगमा रु १५ करोड बराबरको क्षति भएको छ ।

यसअघि सामान्य वर्षाका कारण आंशिक क्षति भए पनि अहिले परेको पानीका कारण सुकाइएका  कांँचो इँटामा ठूलो क्षति पुगेको हो । इँटा उद्योग सङ्घ चितवनका अध्यक्ष नारायण सापकोटाका अनुसार यो समय इँटा बनाउनका लागि उपयुक्त समय भए पनि भारी वर्र्षाका कारण कुनै इँटा काम नलाग्ने गरी क्षति भएको  हो ।

वास्तविक तथ्याङ्क आइनसकेको भए पनि अनुमानित रु १५ करोड बराबरको क्षति भएको उहाँले जानकारी दिनुभयो । अहिलेको वर्र्षाका कारण जिल्लामा रहेका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको उहाँको भनाइ छ । जिल्लामा १८ वटा इँटा उद्योग रहेका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस