ट्राफिक व्यवस्था सुधार गर्न गृहमन्त्री आफैँ लागे

बुधबार, १४ फागुन २०७६, १२ : ४८
ट्राफिक व्यवस्था सुधार गर्न गृहमन्त्री आफैँ लागे

काठमाठौँ । उपत्यकाको ट्राफिक व्यवस्था सुधार गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आफैँ लागेका छन् ।

गृहमन्त्री बादल आफैँले ट्राफिक व्यवस्था सुधारको लागि ३७ बुँदे कार्ययोजना बनाएर छलफल गरेका हुन् ।  गृह मन्त्रालयमा बादलले कार्ययोजनाको प्रगतिको अवस्थाको बारेमा जानकारी लिएका थिए । 

गृहमन्त्री थापाले सडकको दुरअवस्थाले आर्थिक क्षति पगेको बताएका  थिए ।  उनले कार्ययोजनाका  बाँकी  काम  समयमै  सम्पन्न  गर्न समेत निर्देशन दिएका थिए ।

उपत्यकाको ट्राफिक जाम घटाउन र सडक  दुर्घटना कम  गर्न सबै निकायको संयुक्त  प्रयास  आवश्यक रहेको गृहमन्त्री थापाको भनाइ थियो। बैठकमा अर्थ, भौतिक तथा यातायात, शहरी विकास, शिक्षालगायतका मन्त्रालयका प्रतिनिधिहरुको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस