काठमाठौँ । उपत्यकाको ट्राफिक व्यवस्था सुधार गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आफैँ लागेका छन् ।
गृहमन्त्री बादल आफैँले ट्राफिक व्यवस्था सुधारको लागि ३७ बुँदे कार्ययोजना बनाएर छलफल गरेका हुन् । गृह मन्त्रालयमा बादलले कार्ययोजनाको प्रगतिको अवस्थाको बारेमा जानकारी लिएका थिए ।
गृहमन्त्री थापाले सडकको दुरअवस्थाले आर्थिक क्षति पगेको बताएका थिए । उनले कार्ययोजनाका बाँकी काम समयमै सम्पन्न गर्न समेत निर्देशन दिएका थिए ।
उपत्यकाको ट्राफिक जाम घटाउन र सडक दुर्घटना कम गर्न सबै निकायको संयुक्त प्रयास आवश्यक रहेको गृहमन्त्री थापाको भनाइ थियो। बैठकमा अर्थ, भौतिक तथा यातायात, शहरी विकास, शिक्षालगायतका मन्त्रालयका प्रतिनिधिहरुको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
शंकरसँग फेरि बादललाई नै भिडाउने ओलीको तयारी