यसरी गर्नुहोस फूलको हेरचाह....

सफल खबर संवाददाता

बुधबार, १४ फागुन २०७६, ०९ : २२
यसरी गर्नुहोस फूलको हेरचाह....

हामी सबैले घरको शोभा बढाउन तथा पुजापाठमा समेत काम आउन सक्ने उद्येश्यले फूल रोप्ने गरेका छौं । त्यसमा पनि अधिकांशले गमला नै फूल रोप्छौं । तर फूलको स्याहार सुसार कसरी गर्ने ? फूल रोप्नाले के फाईदा हुन्छ ? जानी राखौं ।

–    गमला वा फूलदानीको पानी हरेक दिन फेर्नुपर्छ ।

–     गहिरो गमलामा रोप्नुपर्छ ।
–    फूलअनुसार घाम–पानीको व्यवस्था मिलाउनुपर्छ ।

–      जरा लामो हुने बिरुवालाई हुर्कन ठूला गमलाको छनोट गर्नुपर्छ ।

–      फूलका गमलाहरू प्लेटमाथि राख्नुपर्छ, त्यसो गर्दा गमलाबाट माटो र पानी चुहिएर फोहोर हुन पाउँदैन ।

–     फूल रोपेको गमला वा भाँडोको प्वाल टाल्नु हुँदैन ।

–     पर्याप्त अक्सिजन आउने ठाउँमा फूल रोप्नुपर्छ । अक्सिजन कम भएमा फूल कुहिने र मर्ने हुन्छ ।

घरमा फूल रोप्नुका फाइदाहरू

–     फूलको सौन्दर्यले आनन्दित बनाउँछ ।

–      फूल रोप्दा वा स्याहार गर्दा शरीर चलायमान हुन्छ ।

–      फुलेका फूल देख्दा बालबालिकामा सकारात्मक सोच आउँछ ।

–     घरको छत–कौसीमा फूल रोपेपछि सरसफाइमा विशेष ध्यान दिनुपर्छ । जसले गर्दा घरको वातावरण पनि सुन्दर हुन्छ ।

–     घरमा फूल रोप्दा घरबाट निस्कने फोहोर र पानीको उचित व्यवस्थापन हुन्छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस