साइबर अपराधमा महिला बढी

पत्रपत्रिकाबाट

मंगलबार, १३ फागुन २०७६, ०८ : ४१
साइबर अपराधमा महिला बढी

काठमाडौं । साइबर अपराधसँग जोडिएका अपराधजन्य विषयमा पुरुषभन्दा महिलाको संलग्नता बढी देखिएको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै दुरुपयोग पनि बढ्दै गएको र पुरुषभन्दा महिला संलग्नता बढी रहेको पाइएको हो ।

नेपाल प्रहरीको साइबर ब्युरोमा चालू आर्थिक वर्षको सात महिना (गत साउनदेखि माघ अन्तिमसम्म)मा साइबर अपराधसँग सम्बन्धित दर्ता भएका १ हजार ९६ उजुरीमा पुरुषभन्दा महिलाको संलग्नता बढी देखिएको हो । सो अवधिमा १८ वर्षमुनिका ४४ र १८ वर्षमाथिका १ हजार ५२ जना साइबर अपराधसँग सम्बन्धित कसुरमा संलग्न रहेको पाइएको छ ।

उनीहरूमध्ये ६ सय ३० जना महिला, ४ सय ३६ पुरुष तथा अन्य ३० जना संलग्न रहेको तथ्यांकले देखाएको छ, जसमध्ये सो अवधिमा फेसबुक म्यासेन्जरमार्फत १ हजार ५७ साइबर अपराधसँग सम्बन्धित कसुर भएका छन् ।

यस्तै, भाइबरमार्फत ५, इमोमार्फत २, युट्युबमार्फत ४ र ट्वीटरसँग सम्बन्धित ३, इन्सटाग्रामसँग सम्बन्धित ७ र अन्य माध्यममार्फत १८ कसुर भएको ब्युरोको तथ्यांकले देखाएको छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस