माडीवासीका मागबारे भोलि बैठक बसेर ठोस निर्णय निकाल्ने सहमति

सोमबार, १२ फागुन २०७६, १५ : १२
माडीवासीका मागबारे भोलि बैठक बसेर ठोस निर्णय निकाल्ने सहमति

चितवन । नेपाल कम्युनिष्ट नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडी नगरपालिकाका जनताको समस्या समाधान गर्न  आफू गम्भीर रुपमा लागिरहेको बताउनुभएको छ । 

माडीको समस्याका विषयमा नेकपा प्रदेश ३ का अध्यक्ष नारायण दाहाल र माडी नगरपालिकाका मेयर ठाकुर ढकालसहितको डेलिगेशन टोलीसगँको छलफलपछि प्रचण्डले यस्तो बताउनु भएको हो । 

माडीलाई मणी बनाउने कुरामा कुनै शंका नगर्न आग्रह गर्दै अध्यक्ष प्रचण्डले निकुञ्जका कारण परेको समस्या छिट्टै समाधान हुने बताउनु भयो ।

माडीवासी ढुक्क भएर बस्न अनुरोध गर्दै उहाँले नीतिगत रुपमा नै आफूहरुले निकास दिन खोज्दा केहि समय लागेको बताउनुभयो ।

हिजो चुनावदेखि नै आफूले गरेका प्रतिवद्धता पुरा गर्न आफू गम्भीर रहेको प्रचण्डले बताउनु भयो ।

छलफलमा भोलि प्रधानमन्त्री, वन मन्त्री र टोलीसहित बैठक बसेर ठोस निर्णय निकाल्ने सहमति भएको छ । मेयर ठाकुर ढकालसहितको टोलीले वडा अध्यक्ष कृष्ण पौडेल आमरण अनशन बसेको कुरादेखि जनतालाई तत्कालै निर्णय चाहिएको बारेमा अवगत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस