सुनको मूल्य ८० हजार नाघ्यो

सोमबार, १२ फागुन २०७६, १२ : १०
सुनको मूल्य ८० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यले अर्को नयाँ रेकर्ड कायम गरेको छ । सोमबार छापावाल सुन तोलामा १५०० रुपैयाँले बढेर ८० हजार ३०० रुपैयाँ पुगेको छ । 

यसअघि आइतबार छापावाल सुन तोलामा ७८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै तेजावी सुन तोलामा ८० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता सोमबार रु ५ बढेर ९२५ रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस