बाँस्कोटा प्रकरण : मिश्रविरुद्ध साइबर क्राइमको उजुरी

आइतबार, ११ फागुन २०७६, १५ : ५९
बाँस्कोटा प्रकरण : मिश्रविरुद्ध साइबर क्राइमको उजुरी

काठमाडौं । निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध साइबर क्राइमको उजुरी दर्ता भएको छ ।

मिश्रले अडियो प्रकरणमा आफूहरुलाई समेत मुछेर चरित्रहत्या गरेको भन्दै संसदको सार्वजनिक लेखा समितिका सदस्य सांसदहरुले आइतबार प्रहरी प्रधान कार्यालयमा उजुरी दर्ता गराएका हुन् । समितिका सचिव डा.रोजनाथ पाण्डेले आइतबार उजुरी दर्ता गरिएको पुष्टि गरे । 

मिश्रले बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा गर्न खोजेको अनियमिततामा सार्वजनिक लेखा समितिका सांसदहरुको पनि मिलेमतो रहेको भन्दै सञ्चार माध्यममार्फत आरोप लगाएका थिए । सोही आरोपका आधारमा लेखा समितिले मिश्रमाथि साइबर क्राइमको उजुरी हालेको हो । 

प्रतिक्रिया दिनुहोस