गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी

आइतबार, ११ फागुन २०७६, १३ : ५४
गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । निवर्तमान सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान गरी कारवाही गर्न माग गर्दै आइतबार बाँस्कोटाविरुद्ध उजुरी परेको अख्तियार स्रोतले जनाएको छ । अख्तियारमा विभिन्न माध्यमहरुबाट उजुरी पर्ने गर्छन् ।

प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मन्त्री बाँस्कोटाले ७० करोड कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाविरुद्ध अभियानकर्मी विजयबाबु शिवाकोटी र प्रितम सुवेदीले उजुरी दिएका हुन् । 

बाँस्कोटाविरुद्ध उजुरी परेको पुष्टि गर्दै अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले उजुरी परेपछि अख्तियारको छानविन गर्ने दायित्त्व भएको बताए ।

प्रतिक्रिया दिनुहोस