सुनको मूल्य हालसम्मकै उच्च, तोलामा ७८ हजार ८०० पुग्यो

आइतबार, ११ फागुन २०७६, १२ : १३
सुनको मूल्य हालसम्मकै उच्च, तोलामा ७८ हजार ८०० पुग्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ७८ हजार ८०० रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि शुक्रबार सुनको मूल्य ७८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 
महासंघका अनुसार आइतबार तेजावी सुनको मूल्य तोलामा ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै आइतबार चाँदीको मूल्य पनि तोलामा प्रतितोला ९२० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार चाँदी ९१५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस