हिन्दी फिल्म ‘शुभ मंगल बढी सावधान’ प्रति ट्रम्पको यस्तो प्रतिक्रिया

शनिबार, १० फागुन २०७६, ११ : ५१
हिन्दी फिल्म ‘शुभ मंगल बढी सावधान’ प्रति ट्रम्पको यस्तो प्रतिक्रिया

एजेन्सी । अभिनेता आयुष्मान खुरानाको प्रमुख भूमिका रहेको हिन्दी फिल्म ‘शुभ मंगल बढी सावधान’ प्रदर्शनमा आइसकेको छ । दर्शकले फिल्मलाई धेरै मन पराएका छन् । 

आयुष्मान खुराना समलिङ्गी पात्रको भूमिकामा रहेका फिल्मलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमा प्रतिक्रिया दिएका छन् । 

ट्रम्पले आयुष्मान खुरानाको यो फिल्मलाई असाधारण बताएका छन् । तथापि उनले यो फिल्म हेरेर त्यस्तो प्रतिक्रिया दिएका भने होइनन् । उनले अर्का एक भारातीयको ट्वीटमाथि त्यस्तो प्रतिक्रिया दिएका हुन् । 

मानव अधिकारकर्मी पीटरले यो फिल्मबारे एक ट्वीट गरेका छन् । पिटरले ट्वीटमा लेखेका छन्, ‘भारत ः समलिङ्गी रोमान्स प्रस्तुत गरेको एक नयाँ बलिउड फिल्मले दर्शकको मन जित्ने आशा गरिएको छ । भारतमा भर्खरै समलिङ्गी सम्बन्धलाई डिक्रिमिनलाइज गरेपछि यो फिल्म आएको छ ।’

यो फिल्म आयुष्मान खुराना पहिलो पटक समलिङ्गी पात्रको भूमिकामा देखिनेछन् । फिल्ममा खुरानाको पार्टनरको भूमिका जीतेन्द्र कुमारले निभाएका छन् । 

फिल्मको निर्देशन हितेश केवलियो गरेका छन् र फिल्मको कथा पनि उनले नै लेखेका हुन् । 

स्रोत :
https://www.abplive.com/entertainment/bollywood/donald-trump-reacts-to-ayushmann-khurranas-shubh-mangal-zyada-saavdhan-1309118?fbclid=IwAR1cFs9MsAxd29zkZGI733Pmg03UI5axs_AYH_1sC27QpPCKhVhKmhIO3IM