सञ्चारमन्त्रीको जिम्मेवारी अर्थमन्त्री समेत रहेका युवराज खतिवडालाई

विहीबार, ०८ फागुन २०७६, १८ : ३२
सञ्चारमन्त्रीको जिम्मेवारी अर्थमन्त्री समेत रहेका युवराज खतिवडालाई

काठमाडौं । सञ्चार तथा प्रविधिमन्त्रीको जिम्मेवारी अर्थमन्त्री समेत रहेका युवराज खतिवडाले पाएका छन् । 

७० करोड कमिसन प्रकरणमा मुछिएर गोकुल प्रसाद बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई सञ्चारमन्त्रीको जिम्मेवारी तोकेकी हुन् । 

यस्तै मन्त्री बाँस्कोटाले नै सम्हाल्दै आएको सहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस