कर्मचारीलाई गोकुल बाँस्काटाले मु... भनेपछि भत्सर्ना, कारबाहीको माग

विहीबार, ०८ फागुन २०७६, १८ : १०
कर्मचारीलाई गोकुल बाँस्काटाले मु... भनेपछि भत्सर्ना, कारबाहीको माग

काठमाडौँ । निवर्तमान सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको अभिव्यक्ति प्रति निजामती कर्मचारी युनियनले कडा आपत्ति जनाएको छ । उनले ७० करोड कमिसनको बार्गेनिङ गरेको एक अडियोमा कर्मचारीलाई मु... भन्दै अपमान गरेका थिए । 

‘नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी लिएका व्यक्तिबाट यस्तो उपेक्षाबोधक अश्लील शब्दले आम राष्ट्रसेवकलाई मान मर्दन गर्नु खेदयोग्य र कारबाहीजन्य अपराध हो,’ युनियन(सङ्घ)का उपमहासचिव दुर्गाप्रसाद फुयाँलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा स्वतन्त्र छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस