कमिशन काण्डमा फँसेपछि गोकुल बाँस्कोटाले गरे यस्तो ट्विट

विहीबार, ०८ फागुन २०७६, १६ : २२
कमिशन काण्डमा फँसेपछि गोकुल बाँस्कोटाले गरे यस्तो ट्विट

काठमाडौं । सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामाको घोषणा गरेका छन् ।

उनी आफैँले राजीनामाबारे जानकारी दिएका हुन् । केहीबेर अघि ट्वीट गर्दै मन्त्री बाँस्कोटाले राजीनामाको घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘मेरोबारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँछु ।’

 

मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु। धन्यवाद । — Gokul Prasad Baskota (@GokulPBaskota) February 20, 2020

प्रतिक्रिया दिनुहोस