‘चपली हाईट ३’ को अष्ट्रेलिया प्रदर्शन अधिकार १९ लाखमा विक्री भयो

बुधबार, ०७ फागुन २०७६, १७ : २४
‘चपली हाईट ३’ को अष्ट्रेलिया प्रदर्शन अधिकार १९ लाखमा विक्री भयो

काठमाडौं । आगामी चैत २८ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘चपली हाईट ३’को अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । 

आरकेएस अष्ट्रेलिया प्राइभेट लिमिटेड र बाबा कन्सलटेन्सीले २५ हजार अष्ट्रेलियन डलर अर्थात १९ लाख १८ हजार नेपाली रुपैयाँमा  ‘चपली हाईट ३’को अष्ट्रेलिया प्रदर्शन अधिकार खरिद गरेको हो ।  सोमबार निर्माता अर्जुन कुमार र बाबा कन्सल्टेन्सीबीच खरिद सम्झौता भएको हो ।

आकाश बरालको लेखन र संवाद रहेको सिनेमामा सुभाष भुषालरअर्जुन कुमारको संगीत, अष्ट महर्जनको एक्सन, पुरुषोत्तम प्रधानको छायांकन र दिर्घ खड्काको सम्पादन छ ।

निकेश खड्काले निर्देशन गरेको सस्पेन्स थ्रिलर सिनेमामा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, अर्पण थापा, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी वर्देवा, लोकेन्द्र लेखकलगायातका कलाकारको अभिनय छ ।

 

  

प्रतिक्रिया दिनुहोस