चितवन । राष्ट्रिय समाचार समितिको ५९ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ जिल्लामा कार्यरत पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । रासस भरतपुरको आयोजनामा भएको कार्यक्रमको प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले उद्घाटन गर्दै राससका माध्यमबाट सकारात्मक समाचार जनतामा पुग्न सकेको बताउनुभयो ।
सभापति पोख्रेलले भन्नुभयो, “संविधान लेख्ने मान्छेमध्येको एउटा मान्छे म यहाँ छु । अरु सबै स्वतन्त्रता सामान्य स्वतन्त्रताको रुपमा राखिएको छ तर प्रेसको स्वतन्त्रता पूर्ण प्रेस स्वतन्त्रता भनेर संविधानमा सुनिश्चित गरिएको छ ।”
सो अवसरमा कार्यक्रमको सहयोगी संस्था एनपिआइ नारायणी सामुदायिक अस्पतालका सञ्चालक विष्णु कुँवरले पत्रकारको स्वास्थ्य परीक्षण गर्ने अवसर प्रदान गरेकामा राससप्रति आभार प्रकट गर्नुभयो । कार्यक्रम रासस भरतपुरका प्रमुख नारायण अधिकारीको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा १०२ पत्रकारको स्वास्थ्य परीक्षण गरिएको राससका समाचारदाता कृष्ण आचार्यले जानकारी दिनुभयो । एनपिआइ नारायणी सामुदायिक अस्पतालले पत्रकारको झण्डै रु तीन लाख बराबरको परीक्षण गरेको जनाएको छ । रगत र पिसाबको नमूना परीक्षणपछि समस्या देखिएमा आजै सम्बन्धित विज्ञ चिकित्सकसँग समेत परामर्श गराइने आचार्यले जानकारी दिनुभयो । - रासस
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने
महासंघको स्थापना दिवसको अवसरमा चितवनका पत्रकारको स्वास्थ्य परीक्षण
तीन हजार रुपैयाँ बढ्यो स्वास्थ्य परीक्षण शुल्क
आजदेखि ३० वर्ष माथिकालाई नि:शुल्क स्वास्थ्य परीक्षण गरिँदै
एक हजार बालबालिकाको स्वास्थ्य परीक्षण
राष्ट्रिय खेलाडीहरूको निःशुल्क स्वास्थ्य परीक्षण सुरु