काठमाडौं । धादिङ, मकवानपुर र सिरहाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ मलेखु बजारस्थित सडकमा ना.५ त ९१६० नम्बरको ट्याक्टरले कुल्चिँदा ट्याक्टरमा सवार गजुरी गाउँपालिका-२ बस्ने २१ वर्षीय हरि सुनारको मंगलबार दिउँसो मृत्यु भएको छ । मलेखुबाट त्रिशुली नदीतर्फ जाँदै गरेको उक्त ट्याक्टरबाट खस्न गई सोही ट्याक्टरले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी मकवानपुरको मनहरी गाउँपालिका-६ सुनाचुरीस्थित सडकमा प्रदेश नम्बर ३-२१२ प ३५६८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री हेटौंडा उपमहानगरपालिका-१९ सान्नानिटार बस्ने ४५ वर्षीय दिपक सुबेदीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सिरहा लहान नगरपालिका-९ बस्ने २२ वर्षीय अभिमन्य चौधरी र मोटरसाइकलमा सवार नवलपरासी मध्यबिन्दु नगरपालिका बस्ने २१ वर्षीया एलिशा थनेतको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका-६ देवारीस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही गाउँपालिका सितापुर बस्ने ६० वर्षीय शिव नारायण यादवको सप्तऋषि अस्पताल लहान हुँदै थप उपचारको लागि न्यूरो अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा मंगलबार राति बाटोमै मृत्यु भएको छ । ठक्कर दिने मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
धादिङ बस दुर्घटनाप्रति कांग्रेस सभापति थापाबाट दुःख व्यक्त
धादिङ दुर्घटना अपडेट : मृतकको संख्या १७ पुग्यो, २८ जना घाइते
मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते
दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरमा उद्धार
बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
विराटनगरमा दुर्घटना भएको गाडीबाट ४२० किलो गाँजा बरामद