चिनियाँ दूतावासको धम्की आपत्तिजनक : साझा पार्टी

बुधबार, ०७ फागुन २०७६, १४ : १४
चिनियाँ दूतावासको धम्की आपत्तिजनक : साझा पार्टी

काठमाडौं– साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले समाचार र विचारप्रति चिनियाँ दूतावासबाट सम्पादकलाई धम्की आउनु आपत्तिजनक भएको बताएका छन् ।

‘दी काठमाण्डु पोस्ट’का प्रधान सम्पादक अनुप काफ्लेमाथि  चिनियाँ राजदूतावासले धम्कीपूर्ण भाषामा विज्ञप्ति जारी गरेको थियो । दुतावासले पत्रिकाका प्रधान सम्पादकमाथि धम्कीपूर्ण विज्ञप्तिप्रति साझा पार्टीका अध्यक्ष मिश्रले आपत्तिजनक भएको बताएका छन् । 

अध्यक्ष रविन्द्र मिश्रले सामाजिक सञ्जालमा  भनेका छन्, ‘पत्रिकामा प्रकाशित समाचार विचारप्रति विमति सर्वस्विकार्य अभ्यास हो तर अफ्नो विमति रहँदैमा दूतावासले धम्की नै दिन अत्यन्तै असामान्य, अकुटनीतिक, गैरजिम्मेवार र आपत्तिजनक विषय हो । यस्तो स्थिति आउनमा दूतावसको अगाडि लम्पसार पर्ने दशकौंको हाम्रो राजनीतिक चरित्र पनि कम जिम्मेवार छैन ।’

प्रतिक्रिया दिनुहोस