बुटवल । रुपन्देहीमा टिप्परले मोटरसाईलकलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ ।
लुम्बिनी हुकाली सडक खण्डमा पर्ने रुपन्देहीको मायादेवी गाउँपालिका वार्ड नम्बर ४ वनकसीयामा आज दिउँसो भैरहवाबाट लुम्बिनी जाँदै गरेको लु १ ख ३३ १४ नम्बरको टिप्परले सोही दिशातर्फ जादै गरेको लु २ प १८७९ नम्बरको मोटरसाईललाई ठक्कर दिदाँ मोटर साईकल चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा मायादेवी गाउँपालिका वार्ड नम्बर२ भिलरहवा बस्ने ६० बर्षका रमेश लोभ रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा ठक्कर दिने टिप्पर प्रहरी नियन्त्रणमा रहेपनि चालक भने फरार रहेका छन् ।
                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ फागुन २०७६, १६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
राजस्थानमा सडक दुर्घटना, १५ जनाको मृत्यु
गौरबाट काठमाडौँतर्फ गइरहेको बस चितवनको टिकौलीमा दुर्घटना, ३३ जना घाइते
रोल्पामा जिप दुर्घटना, चालकको मृत्यु, तीन जना घाइते
कपिलवस्तुमा बस दुर्घटना, एकजनाको मृत्यु, पाँच घाइते
बैतडीमा जीप दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते