बुटवल । रुपन्देहीमा टिप्परले मोटरसाईलकलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ ।
लुम्बिनी हुकाली सडक खण्डमा पर्ने रुपन्देहीको मायादेवी गाउँपालिका वार्ड नम्बर ४ वनकसीयामा आज दिउँसो भैरहवाबाट लुम्बिनी जाँदै गरेको लु १ ख ३३ १४ नम्बरको टिप्परले सोही दिशातर्फ जादै गरेको लु २ प १८७९ नम्बरको मोटरसाईललाई ठक्कर दिदाँ मोटर साईकल चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा मायादेवी गाउँपालिका वार्ड नम्बर२ भिलरहवा बस्ने ६० बर्षका रमेश लोभ रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा ठक्कर दिने टिप्पर प्रहरी नियन्त्रणमा रहेपनि चालक भने फरार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ फागुन २०७६, १६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते