काठमाडौं । प्रतिनिधिसभाको बैठकमा काँग्रेस सांसद गगन थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा नेकपाका नेताहरुलाई जोगाएको भन्दै श्रीस्वस्थानी बाचन शैलीमा व्याङग्य गरेका छन् ।
अख्तियारले नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनले जग्गा फिर्ता गर्ने भनेकाले मुद्दा नचलाउने निर्णय गरेकामा थापाले ब्यंग्य गरे ।
थापाले भने, ‘कुमारजी आज्ञा गर्नुहुन्छ हे विष्णुमुनि ! अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुनेगरी किन्नु ! थाहा पाईहाले होइनहोइन भन्नु । चित्त बुझाउन नसकेर अप्ठेरोमा पर्नेभए हत्तपत्त चोरीको सामान फर्काउनु र दुईपटक विष्णु विष्णु भन्नु !’, उनले थप भने , ‘त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा गएर खड्ग उचाल्नु र चार पटक विष्णु विष्णु भन्नु । त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखेपनि देख्नुपर्नेले देख्ने छैनन् । इतिश्री अख्तियारपुराणे, कुमारविष्णु सम्वादे, श्रीस्वस्थानी व्रतकथाये बालुवाटार प्रकरणवर्णनाम प्रथमअध्याय धन्यवाद !’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ फागुन २०७६, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्ने गगन थापाको प्रतिबद्धता
गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव काँग्रेस केन्द्रीय कार्यसमितिमा पेस
‘बदलिएको कांग्रेस’को सन्देश प्रभावकारी रूपमा पुर्याउन पर्याप्त समय भएन : गगन थापा
सभापति पदबाट राजीनामा दिने मुडमा गगन थापा
अमरेशलाई बधाई दिँदै गगन थापाले भने –’चुनौतीहरूको समाधान गर्न पहल गर्नेछु’
सर्लाही-४ : कांग्रेस सभापति गगन थापालाई हराउँदै रास्वपाका सिंह विजयी