प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा एक महिलाको सामुहिक बलात्कारको घटना सार्वजनिक भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकामा बस्ने ४० वर्षिय महिलालाई ४ जना यूवकले मिलेर सामुहिक बलात्कार गरेको हो ।
बलात्कार गर्नेहरु मध्ये २ जना प्रहरी नियन्त्रणमा रहेको जिप्रका धनुषाले जनाएको छ ।
बलात्कार गरेको आरोपमा पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका वडा नम्बर ७ का २५ नरेश महतो र भारतको विहार प्रान्त मधुवनी जिल्ला स्थित कलुवाही बस्ने ४९ वर्षिय राघवेन्द्र कुमार सिंह रहेको प्रहरी निरीक्षक अशोक झाले जनाए । फरार रहेका २ जनाको खोजी कार्य तिव्ररुपमा भईरहेको प्रहरी निरिक्षक झाले जानकारी दिए ।
बलात्कार सोमबार विहान जनकपुरधाम स्थित वडा नम्बर ८ मा भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ