सुनसरी । तीन जनामाथि धारिलो हतियार प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका–१२ बस्ने २६ वर्षीय शुभराज राई समेत तीन जनालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा धरान उपमहानगरपालिका–१९ बस्ने ताप्लेजुङ सिम्ले घर भएका २५ वर्षीय मिलन राईलाई पक्राउ परेका हुन् ।
आइतबार बिहान ईलाका प्रहरी कार्याल धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगर पालिकाबाट उनलाई पक्राउ गरेको हो ।
घाइते भएकाहरुको घोपा अस्पताल धरानमा उपचार भइरहेको छ छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ फागुन २०७६, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ