काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणको वार्षिक नाफा नौँ अर्ब नाघेको बताउनुभएको छ ।
काठमाण्डौमा ड्याफोडिल स्कुलले आयोजना गरेको “रेमिट्यान्स फर बेटर लाइफ” कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले पछिल्लो तीन वर्षयता विद्युत प्राधिकरणको नाफा बढ्दो क्रममा रहेको बताउनुभयो । सोह्र वर्षसम्म वार्षिक नौँ अर्बको हाराहारिमा घाटामा रहेको प्राधिकरण पछिल्लो तीन वर्षमा गुणत्मक नाफा गर्न सफल भएको घिसिङले बताउनुभयो ।
बाइट...कुलमान घिसिङ, कार्यकारी निर्देशक–नेपाल विद्युत प्राधिकरण (फुटेजको सुरुमा) विद्युत प्राधिकरणको नाफा एक वर्षमै १४९ प्रतिशतले वृद्धि भएको छ । प्राधिकरण अब लोडसेडिङ अन्त्य गरेर विद्युत प्रसारण र वितरणको सुदृढिकरणमा केन्द्रित भएको कार्यकारी निर्देशक घिसिङको भनाई छ । विद्युत प्राधिकरण लगाता तेस्रो वर्ष नाफामा गएको छ ।
कुलमान घिसिङले नेतृत्व सम्हालेलगत्तै ठूलो घाटामा रहेको प्राधिकरणले नाफा आर्जन सुरु गरेको थियो । २०७३ भदौमा घिसिङ कार्यकारी निर्देशकका रुमा प्राधिकरण प्रवेश गरेका थिए । उनि आउँदा प्राधिकरण वार्षिक ८ अर्ब ८९ करोड घाटामा थियो । तर, घिसिङ आएको ११ महिनामा नै घाटा हटाउँदै १ अर्ब ४६७ करोड नाफा आर्जन गर्न प्राधिकरण सफल भएको थियो ।
घिसिङले सफलताका लागि सँधै संघर्ष गर्नुपर्ने भन्दै सफलता नै जीवनको चुनौती भएको भन्दै विद्यार्थीलाई इमान्दारीता र मेहनतका लागि उत्प्रेरित गर्नुभयो । उहाँले युवाले विदेशमा दुख पसिना बगाएर पठाएको रेमिट्यान्सको दुरुपयोग गर्ने अधिकार कसैसँग नभएको बताउनुभयो । कार्यक्रममा विद्यार्थीले रेमिट्यान्सको सदुपयोगबारे चेतना जगाउने बाल–नाटक, वक्तृत्वकला प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ फागुन २०७६, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रान्सफर्मरको काम गर्दा भएको विद्युत अवरुद्धलाई लोडसेडिङ भनियो: नेपाल विद्युत् प्राधिकरण
ढल्केबर सबस्टेसनबाट विद्युत आपूर्ति शुरू
प्रतिकुल मौसमका कारण विद्युत् अवरुद्ध भएको हो, लोडसेडिङ भएको होइनः विद्युत् प्राधिकरण
संसद् बैठक अझै बस्न सकेन