भारत । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको विजयवाडा निवासी एक भिखारीले विगत सात वर्षको दौरान झण्डै आठ लाख भारु दानमा दिएका छन् ।
७३ वर्षिया यादी रेड्डीले त्यहाँको साइबाबा मन्दिरलाई उक्त रकम दान दिएका हुन् । रेड्डीले दान गरेर आफूलाई फाइदा नै भएको बताए । उनले दानको कृपाले आफ्नो भिख रकम बढेको बताए । यादी आफूले दान गरेको मन्दिरबाहिर नै भिख माग्ने गर्छन् । मन्दिर प्रशासनले यादीको सराहना गरेको छ ।
रेड्डी विगतमा रिक्सा चलाएर आफ्नो जिविका चलाउथें । घुडाँमा समस्या आएपछि उनले उक्त रोजगारी त्यागेका थिए । त्यसपछि उनी भिख मागेर जीवनयापन गरिरहेका छन् ।
मन्दिरमा दान गरेकै कारण मानिसले उनलाई चिन्न थालेको भन्दै रेड्डीले खुसी व्यक्त गरे ।
‘मैले आजसम्म मन्दिरमा आठ लाख भारु दानमा दिएँ । भावी दिनमा सबै रकम मन्दिरलाई नै दान गर्छु,’ रेड्डीले बताए ।
मन्दिर प्रशाशनका अनुसार रेड्डीले सहयोग गरेको रकमले मन्दिरको कैयौं विस्तारको काममा प्रयोग भएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित