पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई पनि भ्रष्टाचार मुद्दा चलाउन सर्वोच्चमा रिट

सफल खबर संवाददाता

बुधबार, २९ माघ २०७६, १६ : २१
पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई पनि भ्रष्टाचार मुद्दा चलाउन सर्वोच्चमा रिट

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले भ्रष्टाचार मुद्दा लगाउन माग गदै बुधबार रिट दर्ता गराएका हुन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुवैलाई नीतिगत निर्णयमात्र गरेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो।

बुधवार वरिष्ठ अधिवक्ता न्यौपानेले अख्तियारले छुट दिएका दुवै पूर्वप्रधानमन्त्रीलाई मुद्दा चलाउने आदेश दिन माग गर्दै सर्वोच्चमा रिट हालेका हुन्।