काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले अमेरिकाविरुद्ध शानदार जित हासिल गरेको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो ।
टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकालाई नेपाली बलरले घातक बलिङ गर्दै १२ ओभरमै अलआउट गर्दा अमेरिकाले ३५ रनमात्र बनाउन सकेको थियो । यो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम स्कोर हो । सर्वाधिक कम स्कोर कायम गर्दै नेपालले विश्व कीर्तिमान कायम गरेको छ ।
नेपालका लागि सन्दीप लामिछानेले ६ विकेट लिएका थिए भने सुशान भारीले ४ विकेट लिए ।
३६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले पाँच ओभर दुई बलमा दुई विकेट गुमाएर जित हासिल गरेको हो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १५ र पारश खड्काले २० रन बनाए ।
योसँगै नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक शृङ्खला समाप्त भएको छ । प्रतियोगितामा नेपालले दुई जित र दुई हार व्यहोर्दा ओमानले चार जित हासिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
त्रिदेशीय क्रिकेट शृङ्खला : नेपाल र स्कटल्याण्ड खेल्दै
अफगानिस्तानसँगको रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास