चितवन । चितवनका युवा बलर सन्दीप लामिछानेले चितवनको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आफूले आईसीसी विश्वकप लिग २ मा एक विकेट लिएबापत सगरमाथाको उचाइअनुसार ८ हजार ८४८ रुपैयाँ उपलव्ध गराउने प्रतिबद्धता गरेका थिए ।
उनले हालसम्म विश्वकप लिग २ मा ८ विकेट लिएका छन् । आठ विकेट लिइरहँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ७० हजार ७ सय ८४ रुपैयाँ रंगशालाको खातामा आएको छ । सन्दीप चार खेलमा ८ विकेट लिन सफल भएका थिए ।
। उनले आज सन्दीपले नेपालसहित ओमान र अमेरिका सम्मिलित शृंखलाको अन्तिम खेलमा आज बुधबार अमेरिकाविरुद्ध ६ विकेट लिएका छन्। उनले ६ ओभर बलिङ गर्दै १ मेडनसहित ६ विकेट हात पार्न सफल भएका थिए । यसअघि सन्दीपले शनिबार अमेरिकासँगको पहिलो खेलमा २ विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सन्दीप लामिछाने बीपीएल खेल्न बंगलादेशमा
सन्दीप लामिछाने ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त
क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिए सन्दीप