सन्दीपले लिए आठ विकेट, चितवनको रंगशालाको खातामा ७० हजार बढी रकम

बुधबार, २९ माघ २०७६, ११ : ५१
सन्दीपले लिए आठ विकेट, चितवनको रंगशालाको खातामा ७० हजार बढी रकम

चितवन । चितवनका युवा बलर सन्दीप लामिछानेले चितवनको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आफूले आईसीसी विश्वकप लिग २ मा एक विकेट लिएबापत सगरमाथाको उचाइअनुसार ८ हजार ८४८ रुपैयाँ उपलव्ध गराउने प्रतिबद्धता गरेका थिए ।

उनले हालसम्म विश्वकप लिग २ मा ८ विकेट लिएका छन् । आठ विकेट लिइरहँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ७० हजार ७ सय ८४ रुपैयाँ रंगशालाको खातामा आएको छ । सन्दीप चार खेलमा ८ विकेट लिन सफल भएका थिए । 

। उनले आज सन्दीपले नेपालसहित ओमान र अमेरिका सम्मिलित शृंखलाको अन्तिम खेलमा आज बुधबार अमेरिकाविरुद्ध ६ विकेट लिएका छन्। उनले ६ ओभर बलिङ गर्दै १ मेडनसहित ६ विकेट हात पार्न सफल भएका थिए । यसअघि सन्दीपले शनिबार अमेरिकासँगको पहिलो खेलमा २ विकेट लिएका थिए।