काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ स्थित गुम्बा बस्तीमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामी भेटिएका छन् । गाउँका करिब १०० जना बढीमा सो भारइरससँग मिल्दो लक्षण भएका बिरामी फेला परेका हुन् ।
ज्वरो आउने, खोकी लाग्ने, स्वासप्रस्वास छिटोछिटो हुने, स्वास फेर्न कठिन हुनेजस्ता लक्षण बिरामीमा देखिएको छ । यस्त्रै लक्ष्ण कोरोना भाइरसमा पनि देखिने भएकाले स्थानीय आतंकित बनेका छन् ।
जुगल गाउँपाालिकालले  यसबारे गम्भीर ध्यानाकर्षण गराउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आवश्यक सहयोग गरिदिन आग्रह गरेको छ । 
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर बिकले गत माघ २७ गतेदेखि गुम्बा  बस्तीमा हाल विश्वमा फैलिरहेको कोरोनामा भाइरससँग मिल्ने लक्षण देखिएको भन्दै परीक्षणका लागि विशेष टोली खटाइदिन मन्त्रालयमा आग्रह गरिएको बताए ।
                                                                                                                
                                                    
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ माघ २०७६, ०८ : २१
लेखकबाट थप