जाँदाजाँदै: प्रहरी महानिरीक्षक खनालले पोखे गुनासो, ज्ञवालीले गरे प्रशंसा

सफल खबर संवाददाता

मंगलबार, २८ माघ २०७६, २१ : ५९
जाँदाजाँदै: प्रहरी महानिरीक्षक खनालले पोखे गुनासो, ज्ञवालीले गरे प्रशंसा

काठमाडौँ । आज रातीदेखि अवकास लिन लागेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मजैले दुखेसो पोखेका छन् । 
उनले आफ्नो कार्यकाmमा धेरैले नियतबस असफल पार्न विभिन्न हर्कतहरु गरेको बताए । उनले आफ्नै प्रहरी संगठन भित्र नै केहीले यस्तो गतिविधि गरेको समेत आरोप लगाय । यद्यपि कर्तव्यनिष्ट भएर काम गर्दा प्रहरी संगठनलाई उत्कृष्ट बनाउन सफल भएको उनको भनाई थियो । 

आज जाँदाजाँदै दुई वटा भवन उद्घाटन समेत गर्न भ्याएका महानिरिक्षक खनाललाई आज प्रहरी प्रधान कार्यालयमा विदाई समेत गरिएको छ ।नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले उनलाई विदाई गरे ।  ज्ञवालीले भने भोली मात्रै कार्यभार सम्हाल्ने छन् । 
आफ्नो ३० वर्षे सेवा अवधि समाप्त भएर आज राती १२ बजेबाट उनको अनिवार्य अवकास हुँदै छ ।  उनी लगायत उच्च प्रहरी अधिकृतहरु गरी २२ जना विदाई हुँदै छन् । उनीहरुलाई आज एकैसाथ विदाई गरिएको थियो । तर प्रहरी अतिरिक्त महानिरीक्षकहरु भ्ने कार्यक्रममा सरिक भएनन् ।

बिदाइ समारोहमा महानिरीक्षक खनालले आफ्नो सेवा अवधिमा धेरै अनुभव सङ्गालेको बताउँदै आफूले विभिन्न आलोचना र आरोपसमेत खेप्नुपरेको प्रतिक्रिया दिए । उनले आफूमाथि गलत आरोप लगाउने प्रयास भएको पनि बताए । 
सो क्रममा नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीले सङ्गठनको नेतृत्व लिएर वर्तमान प्रहरी महानिरीक्षक खनालले सेवा अवधिमा गरेको कामको खुलेर प्रशंसा  गरे । 
एनले प्रहरी महानिरीक्षक खनालले समुदाय प्रहरी साझेदारी कार्यक्रम ल्याएर समाज र प्रहरीलाई जोड्ने काम गरेको भन्दै खुसी व्यक्त गरे ।  आफने कार्यकालमा सहयोग गर्न समेत उनले सबैलाई आग्रह गरे । उनको कार्यकाल भने जम्मा पाँच महिनाको हुने छ । 

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक बिश्राम लिई निवृत्त हुन लाग्दा भव्य बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिएकोमा नेपाल प्रहरी संगठन परिवार र नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीप्रति आभार प्रकट गरे । खनालको कार्यकालमा १० बुँदे सांगठनिक प्राथमिकता तय गरी कार्यान्वयनमा ल्याएको, समुदाय(प्रहरी साझेदारी कार्यक्रम मार्फत ७ सय ५३ स्थानीय तहसँग सम्झौता गरेको र यस कार्यक्रमलाई राष्ट्रिय योजना आयोगले ‘गेम चेन्जर प्रोजेक्ट’ का रुपमा परिभाषित गरेको, भ्रष्टाचार विरुद्ध अभियान संचालन गरेको, विगत २ वर्षदेखि बेरुजु फर्छौटमा गृह प्रशासन अन्तर्गतका कार्यालयहरुमध्ये सर्वोत्कृष्ट ठहर भई पुरष्कृत भएको, १ सय ५८ वटा प्रहरी कार्यालय भवन निर्माण सम्पन्न तथा १ सय २२ निर्माणाधिन लगायतका काम भएका थिए ।

अन्तर्रा्ष्ट्रिय क्षेत्रीय आतंकवाद र संगठित अपराध रोक्न कतारी प्रहरीसँग सम्झौता, विदेश फरार रहेका नेपाली अपराधीलाई ईन्टरपोलको सहायतामा फिर्ता ल्याएको उल्लेख गर्दै उनले  नेपालको शान्ति सुरक्षाको स्थिति मजबुत हुँदै गएको एक स्वतन्त्र अध्ययन प्रतिवेदनले देखाएको बताए । 
 

प्रतिक्रिया दिनुहोस